सेयर बजारमा पहिरो, एकैदिन ५१ अंकले घट्यो
साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३७ अंकले घटेर २६३० दशमलव ९१ को विन्दुमा पुगेको छ ।
सोमबार ३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।