Logo
७ पुस २०८१, आईतबार
(December 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसन्तपुरमा मनाइएको राष्ट्रिय झण्डा दिवस (तस्बिरहरू)

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (सोमबार) सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए ।
 

प्रकाशित मिति: Dec 16, 2024

प्रतिक्रिया दिनुहोस्