Logo
१० मंसिर २०८१, सोमबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाउदै जनमोर्चाको घोषणा पत्र सार्वजनिक

काठमाडौं : राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीदेखि एकिकृत बस्ती विकाससम्मका एजेण्डा सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले सोमबार पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ,समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मुल नाराको साथ तयार पारिएको चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपालीले बैदेशिक हस्तक्षेपको बिरुद्धमा आफ्नो पार्टी कुनैपनि जोखिम मोल्न तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘राष्ट्रिय जनमोर्चा एमाले माओवादी, कांग्रेसजस्तो घाती पार्टी होईन, मुलुक र जनताप्रति उत्तदायि पार्टी हो, हामीले चुनावी घोषणापत्रमा पनि लेखेका छौ, संघीयता खारेजी हुनुपर्छ, सिंहदरबार गाउँमा पुगेको कुरा हामीले स्विकार गरेका छौँ, सिंहदरबारको महाभ्रष्ट रोग गाउँमा पुग्नबाट बचाउन घोषणा पत्र सार्वजनिक गरेका छौ ।’

त्यस्तै पार्टी सचिव भीमलाल पुरीले घोषणा पत्रको अन्तर वस्तुका बारेमा बोल्दै जल, उद्योग, कृषि र पर्यटन क्षेत्रको विकासले मात्रै मुलुक समृद्ध बन्ने दाबी गरे ।

उनले भने,‘हाम्रो मुलुक प्राकृतिक स्रोत साधनले भरिपुर्ण देश हो, हाम्रो पार्टीले जल, उद्योग, कृषि र पर्यटनको विकासका एजेण्डा लिएर चुनावी मैदानमा छ, जनताले उचित न्याय गर्नेछन् ।’

आपसी हितमाका आधारमा अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवम् विकास गर्ने भन्दै पार्टी सचिव पुरीले अन्य राजनीतिक दलहरुलाई भारत परास्तको आरोप लगाए ।

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्