Logo
१२ पुस २०८१, शुक्रबार
(December 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री राणाको व्यस्तता बढ्दो, युरोपबाट सिधै नयाँ दिल्ली उत्रिने

काठमाडौं, २७ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिवेला युरोप भ्रमणमा छिन् । युरोप भ्रमण सकेलगत्तै उनी भारतको नयाँ दिल्ली ओर्लिने तयारी छ । मन्त्री राणाले नयाँ दिल्लीमा आयोजना हुने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा सहभागी हुने निश्चित् भएको छ ।

उक्त कन्क्लेभको आयोजक भने साउथ एसियन इकोनोमिक फाउन्डेसन हो । सो समिटमा प्रमुख वक्ताको रुपमा उनलाई निम्तो आएको छ । सो क्रममा उनले आफ्ना समकक्षी भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँगपनि भेटवार्ता गर्ने तय भएको छ ।

यद्धपी भ्रमणको बारेमा र भेटवार्ता तयबारे केही खुलाईएको छैन् । मन्त्री राणा युरोप उड्नुअघि चीन भ्रमणबाट फर्किएकी थिईन् । उनको यो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: Dec 12, 2024

प्रतिक्रिया दिनुहोस्