भासिएको टुकुचामाथिको सडक रिबन काटेर उद्धाटन (तस्विरहरु)
काठमाडाैँ । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो ।
साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिला जस्तै अबपनि दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । यो सँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।