Logo
१२ पुस २०८१, शुक्रबार
(December 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविलाई गरिएको ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई आतंकित पार्ने ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने बताएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रहरी प्रशासनले ज्यादती गरेको बताए । हिजो कांग्रेस र एमालेले रविलाई प्रधानमन्त्रीको अफर गरेको आफैले सुनेको र आफ्नै आँखाले देखेको बताए ।

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’  उनले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

प्रकाशित मिति: Dec 10, 2024

प्रतिक्रिया दिनुहोस्