Logo
१२ पुस २०८१, शुक्रबार
(December 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा समिति सदस्यलाई निर्देशन : बैठकमा निरन्तर उपस्थित हुनू

२५ मंसिर, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सदस्यहरुलाई नियमित बैठकमा आउन निर्देशन दिएको छ ।

दशैं-तिहारपछि लगातार गणपुरक संख्या नपुगेर बैठक बस्न नसकेपछि समितिले अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । ‘समितिका सबै माननीय सदस्यहरुलाई समितिका अब बस्ने बैठकहरुमा निरन्तर रुपमा उपस्थित हुन, निर्धारित समयको ख्याल गरी तोकिएको समयको पालना गर्नु हुन र बैठकमा सक्रियताका साथ सहभागी हुन एवं बैठक अवधिभर बैठकमै रही समितिको गरिमा समेत बढाउन माननीय सदस्यहरुलाई विशेष आग्रह गर्दछुु, समिती सभापति अम्बरबहादुर थापाले भने ।

दशैं-तिहार, छठ, नेपाल सम्वत् लगायतका न चाडपर्वहरु एवं देशका विभिन्न स्थानमा भएको उपनिर्वाचन पश्चात हामीहरु समितिका कामकारवाहीमा पुनः केन्द्रित भएको सभापति थापाले बताए । अब संघीयता कार्यान्वयनसँग जोडिएको विधेयक अगाडि बढाउने उनले बताए ।

‘संघीयताको कार्यान्वयनसँग प्रत्यक्ष रुपमा जोडिएको विद्यालय शिक्षा विधेयक विचाराधीन छ । त्यसैगरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भई हामी समक्ष दफावार छलफलको क्रममा रहेको छ । यी विधेयकहरु आगामी अधिवेशनमा जसरी भएपनि टुङ्गयाउनुपर्ने जिम्मेवारी हामी सामु छ । यसका अतिरिक्त अन्य थप विधेयकहरु समेत समितिमा प्राप्त हुने अवस्था देखिएको छ साथै समितिले गर्नै पर्ने संसदीय निगरानी सम्बन्धी थुप्रै कार्यहरुलाई समेत प्राथमिकताका साथ अगाडि बढाउनु जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति: Dec 10, 2024

प्रतिक्रिया दिनुहोस्