निजामती कर्मचारीलाई कोरियामा वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर
काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययन/तालिममा सहभागी हुन पाउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गरेको छ ।
छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।