Logo
७ पुस २०८१, आईतबार
(December 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना (विज्ञापनसहित)

काठमाडौं, मंसिर २१ । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सुचना जारी गर्दै जवान पदमा १ हजार १६५ जना, ४७ जना भान्छे र ११ जना कुचीकार पदका लागि दरखास्त आह्वान गरेको हो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।

यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ। इच्छुक आवेदकले माघ १० गते भित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Dec 6, 2024

प्रतिक्रिया दिनुहोस्