Logo
२० मंसिर २०८१, बिहीबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको छ ।

उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रोस्टेटको शल्यक्रिया गर्न उनी आज बिहान अस्पताल भर्ना भएका थिए ।

हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्