Logo
१२ पुस २०८१, शुक्रबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको स्वास्थ्यबारे के भन्छन् चिकित्सक ?

१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी समस्याको शल्यक्रिया गर्न उनी आज अस्पताल भर्ना भएका हुन् ।

प्राध्याक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । ‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै भर्ना हुनुभएको हो’, अस्पताल स्रोतले भन्यो ।

राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार एक/दुई दिन उनलाई अस्पतालमै राख्नुपर्ने हुनसक्छ । तर, त्यसबारे कुनै निर्णय भइसकेको छैन ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्