Logo
२० मंसिर २०८१, बिहीबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई अनुरोध

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।

चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।

उनले सम्बोधनमा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’

नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए ।

उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।

चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको उनले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली गत सोमबार चार दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका थिए । ओली नेतृत्वको टिम भोलि नेपाल फर्किनेछ ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्