Logo
२० मंसिर २०८१, बिहीबार
(December 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू–१९ एसिया कपः बंगलादेशविरुद्ध १४१ रनमै रोकियो नेपाल

काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशविरुद्ध १४१ रनमा रोकिएको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे ।

अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: Dec 1, 2024

प्रतिक्रिया दिनुहोस्