Logo
१४ मंसिर २०८१, शुक्रबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।  उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन् ।

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्