Logo
३० चैत्र २०८१, आईतबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडोमा स्विमिङ : ९ करोडमा तयार भयो रिफ्रेश रिक्रिएसन सेन्टर!

काठमाडौं : मंसिरको दोस्रो सातासम्म आइपुग्दा काठमाडौंलगायत देशैभरीको तापक्रम घट्न थालेको छ। तराईका अधिकांश भूभागमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुन थालिसकेको छ।

काठमाडौं पनि पानी चिसो हुन थालेको छ, घाम प्यारो लाग्न थालेको छ। जाडोयाममा मानिसहरूलाई घरबाट बाहिर निस्कन त अल्छी लाग्छ, झन् स्विमिङ पुलमा गएर स्विमिङ गर्ने बारेमा त मानिसले सोच्न पनि सक्दैन।

यद्यपि, यही कुरालाई मध्यनजर गर्दै काठमाडौंमा एउटा सुविधा सम्पन्न गन्तव्य तयार भएको छ, उक्त गन्तव्य हो काठमाडौंको बौद्धस्थित टाउन प्लानिङ (नयाँ बस्ती)मा रहेको अत्याधुनिक रिफ्रेस रिक्रिएसन सेन्टर।

उद्यमी भुवनराज लामिछानेले करिब नौ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको  रिफ्रेस रिक्रिएसन सेन्टरमा जाडो मौसममा समेत स्विमिङ गर्न सकिने व्यवस्था मिलाइएको छ। रोमाञ्चक कुरा के छ भने यो इन्डोर हिटेड स्विमिङ पुलमा नेपालमा  पहिलोपटक अत्याधुनिक शैलीको फिल्टर  मेशिनबाट हरेक २४ घण्टामा पानी फिल्टर गरेर पानीलाई स्वच्छ तथा स्वास्थ्यवर्धक बनाइन्छ।

रिफ्रेस रिक्रिएसन सेन्टरमा रहेको स्विमिङ पूलमार्फत उद्यमी लामिछानेले ‘लाइफ सेभिङ स्किल’ को अभियानसमेत घोषणा गरेका छन्।

गत वैशाखदेखि सञ्चालनमा आएको सेन्टर परिसरमा हालै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले पौडी खेल्न नजानेका कारण विश्वमा वर्षेनी हजारौँ मानिसको ज्यान जाने आँकडा प्रस्तुत गरेका थिए।

नेपालमा समेत यही वर्ष बाढीका कारण सयौँ मानिसहरूले ज्यान गुमाउने परेको, दर्जनौं जना अझै बेपत्ता रहेको जानकारी दिँदै लामिछानेले सेन्टरमा रहेको सुविधा सम्पन्न स्विमिङ पूलमा पौडी खेल्न नजान्नेहरूलाई दक्ष प्रशिक्षकहरूद्वारा पौडी खेल्न सिकाइने सुविधा रहेकोसमेत बताए।

‘अब पौडी खेल्नु भनेको मनोरञ्जनको लागि मात्र रहेन’, लामिछाने भन्दै थिए, ‘पहिलो कुरा त यो शारीरिक व्यायामको सबैभन्दा उत्तम तरिका हो। अर्को कुरा यसले स्ट्रेज म्यानेज्मेन्टमा पनि सहयोग पुर्याउँछ। सबैभन्दा महत्वपूर्ण कुरा पौडी खेल्ने कला सिकियो भने प्राकृतिक विपत्तिमा निकै उपयोगी हुन्छ। त्यसैले हामी बालबालिकादेखि ज्येष्ट नागरिकसम्म सबैलाई पौडी खेल्न सिक्नका लागि आग्रह गर्दछौँ। हाम्रो सेन्टरमा दक्ष प्रशिक्षकहरूले नै सिकाइरहनु भएकाले एक पटक यहाँ भिजिट गर्न आग्रह  गर्दछौँ।’

रिफ्रेस रिक्रिएसन सेन्टरमा सुविधा सम्पन्न इन्डोर स्विमिङ पूलमात्र छैन। रिफ्रेस रिक्रिएसन सेन्टरमा बजारमा उपलत्तब सबैभन्दा अत्याधुनिक उपकरणसहितको जीमखाना, कार्डियोदेखि साउना र ज्याकुजीको समेत सेवा उपलाब्ध छ।

औपचारिक रूपमा उद्घाटन हुन बाँकी रहेको यो रिफ्रेस रिक्रिएसन सेन्टर चार रोपनी क्षेत्रफलमा फैलिएको छ। यो सेन्टरमा शारीरिक व्यायामदेखि मनोरञ्जसम्मका सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ।

यो सेन्टरको स्विमिङ पूल  अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छ, जहाँ गर्मीमात्र होइन जाडो मौसममा समेत पौडीको मज्जा लिन तातो पानीको व्यवस्था गरिएको छ।

यो सेन्टरमा इन्डोर हिटेड स्विमिङ पूल, बेबी स्विमिङ पूल, जिम, कार्डियो, साउना, स्टिम, जाकुजीसहितका सुधिवा उपलब्ध छ। बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने उक्त सेन्टरमा रेष्टुराँसमेत सञ्चालन गरिएको छ। व्यायाम तथा स्विमिङ गर्न आउनेहरूले खानपिनको उपलब्ध छ। त्यस्तै बालबालिकाहरूका लागि विभिन्न खेल खेल्ने स्थानसमेत निर्माण भइरहेको छ।

पर्याप्त पार्किङको सुविधा रहेको यो सेन्टर बौद्ध गेटबाट केही मिनेटको दुरीमा, समता स्कूल नजिकै छ भने गुहेश्वरीको बागमती करिडोरबाट समेत छोटो दुरीमा रहेको छ। पार्किङको समेत पर्याप्त सुविधा रहेको यो सेन्टरमा पौडी खेल्न नजान्नेहरूलाई प्रशिक्षणसमेत दिन थालिएको छ।

‘दिनभरीको कामबाट थाकेका कर्पोरेट लेभलका मानिसहरूलाई पनि हामीले लक्षित गरेका छौं, लामिछाने भन्छन्– ‘थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द दिने हाम्रो उद्देश्य हो।

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्