Logo
१२ मंसिर २०८१, बुधबार
(November 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिद्धि सिद्धि ज्वेलर्सको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, कोटाको सुनचाँदी खरिद बिक्रि गर्न रोक नलगाउनु

काठमाडाैँ । सर्वोच्च अदालतले सुनचाँदी खरिद बिक्रिमा सिमित व्यवसायीहरुले लगाउँदै आएको एकाधिकार तोडिने गरि एक मुद्दामा अन्तरिम आदेश गरेको छ ।

न्यूरोडमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले सुनचाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभएपनि व्यवसायीले यस्तो कारोबार गर्न पाउनेगरि अन्तरिम आदेश गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभुषण व्यवसायीहरुले रिद्धिसिद्धि ज्वेलर्सलाई कोटाको सुन खरिदमा रोक लगाएको थियो । राष्ट्र बैंकको कार्यविधि भन्दै ति संस्थाहरुले सरकारले वितरण गरेको कोटोको सुन रिद्धिसिद्धिलाई बिक्रि गरेको थिएन ।

सोविरुद्ध दयार उत्प्रेषण मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले गत मंसिर ७ गते यस्तो आदेश गरेको हो । यससँगै प्रतिस्पर्धी व्यवसायीबिचको द्वन्द्वका कारण एकाधिकार कायम गर्ने संस्थाले चाहेकै कारण सुनको कोटा खोसिएर व्यवसायी पीडित बन्ने छैनन् ।

यो आदेशसँगै रिद्धिसिद्धिलाई कोटाको सुन किन्न पाउने बाटो खुलेको छ ।

प्रकाशित मिति: Nov 27, 2024

प्रतिक्रिया दिनुहोस्