Logo
१० मंसिर २०८१, सोमबार
(November 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसले पहिलो निम्तो दिन्छ त्यही देश जाने हो : माधव नेपाल

काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जुन देशबाट पहिलो निमत्रणता आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित हुने बताएका छन् । आफ्नो आसन्न चीन भ्रमणबारे सुझाव लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा भाग लिएर निस्किने क्रममा माधव नेपालले यस्तो धारणा राखेका हुन् ।

मिडियाकमीहरुसँगको कुराकानीमा नेपालले भने–‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने यो टण्टाबाट मुक्त हुनुपर्छ । जसले पहिलो निम्तो दिन्छ, त्यही गर्ने । जुन चिजको विषयवस्तुको गम्भीरता हुन्छ, त्यसको आधारमा त्यसमा पनि जब निम्तोकै कुरा छ भने जहाँ पहिले जान सकिन्छ त्यहीँ जाने हो ।

भ्रमणको सन्दर्भमा हाम्रो देशको हितलाई ध्यानमा राख्नुपर्छ । छिमेकीहरुको मनमा कुनै किसिमका शंका छन् भने , आशंका छन्, प्रश्नहरु छन् भने त्यसलाई ध्यानमा राखेर उहाँहरुको संवेदनशीलतालाई बुझ्ने र हामीले ख्याल गरिकन विश्वस्त के बनाउनुपर्छ भने नेपाल असंलग्न परराष्ट नीतिमा अविचलित रुपमा उभिन्छ ।

र, कुनैपनि छिमेकी मुलुकहरुको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिँदैनौं ।यस अर्थमा हामी संसारका सबै देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं । कसैसँग हाम्रो शत्रुता छँदापनि छैन्, हाम्रो त्यो चाहनापनि छैन् । नेपाल एउटा शान्ति भूमि हो । यो कुरालाई ध्यानमा राखिकन सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौं ।’

प्रकाशित मिति: Nov 25, 2024

प्रतिक्रिया दिनुहोस्