Logo
१० मंसिर २०८१, सोमबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-राजपालाई झट्का : गच्छदारले एसएन मेहता र सुरैत यादवलाई कांग्रेसमा भित्राए

  • उमेशराज मेहता,

सुनसरी : मात्र २ नम्बर प्रदेशमा सिमित हुदैगएका फोरम नेपाल र राजपा नेपाललाई फेरी एउटा झट्का लागेको छ । २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा शिर्ष नेताहरुले खासै कुनै ध्यान नदिन थालेपछि सुनसरीमा फोरमका प्रभावशाली नेता मानिएका एसएन मेहता र राजपाका सुरैत यादव पनि कांग्रेसमा प्रवेस गरेका हुन् । मेहता र यादवलाई कांग्रेस नेता बिजयकुमार गच्छदारले पार्टीमा भित्राएका हुन् ।

नवप्रवेशी नेताहरुले आफ्ना शिर्ष नेताहरुकै रवैयाका कारण फोरम राजपाका नेताहरु टुहुरा झै हुदै अन्य पार्टीमा प्रवेस गर्ने लहर सुरु भएको बताए । मेहता र यादव लगायतका नेताहरुले फोरम राजपा छाडेपछि अब सुनसरीमा भने यस पार्टीको जनअधार भने थप घटेको छ । एक औपचारिक कार्यक्रम मार्फत गच्छदारले संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य मेहता र राष्ट्रिय जनता पार्टी नेपाल अन्तरगत किसान संघका केन्द्रीय अध्यक्ष समेत रहेका यादवलाई पार्टी प्रवेस गराएका हुन् ।

त्यसैगरि माओवादी केन्द्रका कलामुदिन अन्सारी, चनरदेव पौदार, शम्भु सरदार, चन्देश्वर मण्डल, रामजी मेहता, सन्तकुमार मेहतालगायतले नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।

नवप्रवेशीलाई नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सुनसरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार सीताराम मेहता, प्रदेशसभा २ क का उम्मेदवार हेमकर्ण पौडेल, प्रदेशसभा २ ख का उम्मेदवार राजीव कोइरालालगायतका नेता तथा कार्यकर्ताले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्