Logo
४ मंसिर २०८१, मंगलबार
(November 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव माग्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा

४ मंसिर, काठमाडौं । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।

‘पार्टीले हाम्रा माग सम्बोधनको सुनिश्चित गरी सर्कुलर नगरेसम्म आमरण अनसन जारी हुन्छ,’ रावलले भने ।

प्रकाशित मिति: Nov 19, 2024

प्रतिक्रिया दिनुहोस्