Logo
३ मंसिर २०८१, सोमबार
(November 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् ।

ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनालले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको परिवार स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Nov 18, 2024

प्रतिक्रिया दिनुहोस्