आज देखि नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू
काठमाडौं । पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ । भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएकाे हाे ।
आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे समुद्घाटन गरिएको छ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएकाे ऊर्जा मन्त्रालयले जनाएकाे छ ।