Logo
८ मंसिर २०८१, शनिबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिस्ने खोलामा बिहीबारदेखि राजमार्ग आंशिक बन्द गरिँदै

२८ कात्तिक, काठमाडौं । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (२९ कात्तिक) देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।

आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा आवतजावत प्रभावित हुने भएको हो ।

यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ । ओभरटेक गरेमा कडा कारबाही हुने समेत आयोजनाको भनाइ छ ।

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्