Logo
१० मंसिर २०८१, सोमबार
(November 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज हरिबोधनी एकादशीका भगबान विष्णुको पूजा आजा गरी मनाईदै (तस्बिरमा)

आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी  मनाउने गर्छन्  ।  यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ ।

यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।

आजै बेलुका घरघरमा भजन कीर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्त्वपूर्ण तिथिका रूपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ ।

प्रकाशित मिति: Nov 12, 2024

प्रतिक्रिया दिनुहोस्