Logo
८ मंसिर २०८१, शनिबार
(November 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उर्जामन्त्री खड्काको विशेष पत्रकार सम्मेलन आज विहान ११ बजे

उर्जामन्त्री दीपक खड्काले अहिले विहान ११ बजे मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले विद्युत बक्यौतासम्बन्धी लिएको निर्णयका सम्बन्धमा मन्त्री खड्काले थप प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

क्याविनेट बैठकले उद्योगहरुको काटिएको विद्युत आज (सोमबार) दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको थियो। यस्तै, बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको थियो ।

तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत बक्यौता विवादबारे हिजोको मन्त्रिपरिषद्ले गरेको निर्णय आफूकहाँ आइएनसकेको प्रतिक्रिया दिएका छन् ।  संक्षिप्त कुराकानीमा उनले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय प्राधिकरणमा आएपछि के गर्ने भन्नेबारे निर्णय गरिने प्रतिक्रिया दिए ।

उनले भने,”क्याविनेटको निर्णय पहिला आउनुपर्यो, अहिलेसम्म आईपुगेको छैन् । मिडियामार्फत थाहा पाएको हुँ । त्यो निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि म आफ्नो काम गर्छु । अहिले निर्णय नै आईपुगेको छैन् ।”

प्रकाशित मिति: Nov 11, 2024

प्रतिक्रिया दिनुहोस्