Logo
९ मंसिर २०८१, आईतबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने विरुद्ध नयाँ मुद्दामा म्याद थप माग्दै सरकारी पक्ष अदालतमा

प्रहरी हिरातमा रहेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक आज (आइतबार) अदालत उपस्थित गराइएको छ ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका यस अघि तीन पटकसम्म थपिएको २४ दिनको म्याद सकिएसँगै कास्की प्रहरीले नयाँ मुद्दाको नाममा म्याद थपको माग गर्दै लामिछानेलाई अदालत पेश गरेको हो ।

सहकारी सम्बन्धी मुद्दामा २४ दिनसम्म मात्र थुन्न पाइने कानूनी प्रावधान रहेको छ । तर अर्को मुदामा अनुसन्धानका नाममा उनलाई थप म्याद लिन सकिने अधार प्रहरीसँग रहेको छ ।

त्यसैले सरकारी वकिलको कार्यालय पोखराले नयाँ मुद्दा तयार पारेर लामिछानेलाई अदालत समक्ष पेश गरिएको हो । उनी विरुद्ध संगठित अपराध सम्वन्धी कसुरमा अव नयाँ मुद्दा चलाउन लागिएको श्रोतको दावी रहेको छ ।

यस मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई जम्मा ६० दिन थुन्ने अधिकार रहेको हुन्छ ।

उता, लामिछाने माथि लागेको आरोपका विषयमा बयान र सबै अनुसन्धान सकिएपनि प्रहरीले प्रतिशोध राखेर मात्र म्याद थप गर्न खोजेको भन्दै रास्वपा समर्थकले आन्दोलन गर्दै आएका छन् ।

रास्वपाका सर्मथकले आज पनि पोखराको जिरो किलो भन्ने ठाउँमा प्रदर्शन गर्दैछन् ।

 

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्