Logo
२१ कार्तिक २०८१, बुधबार
(November 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको सुझाव

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।

ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ,’ डा. सिंहले  भनिन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’

मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ ।

प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ । तर, कतिपयले मिर्गौलाले काम गर्न छोडेको आंशका व्यक्त गरेका छन् ।

‘उहाँको मिर्गौलाले एकदमै राम्रो काम गरेको छ । त्यसपछि उहाँको स्वास्थ्य एकदमै राम्रो छ । ब्लड, प्रेसरको औषधि समेत खानुपरेको छैन,’ शाहले  भनिन् ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति: Nov 6, 2024

प्रतिक्रिया दिनुहोस्