Logo
९ मंसिर २०८१, आईतबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई तेस्रो पटक म्याद थप, अझै ५ दिन हिरासतमा बस्नु पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।

तर यो १० दिनमा तिहारका विदाहरुका दिन पनि जोडिएका छन् । यो म्याद गत १५ गतेदेखि नै लागु हुने हुँदा लामिछानेलाई थप ५ दिन हिरासत बस्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Nov 5, 2024

प्रतिक्रिया दिनुहोस्