Logo
९ मंसिर २०८१, आईतबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को मुद्दामा पनि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले माग्यो थप २५ दिनको म्याद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को मुद्दामा पनि थप अनुसन्धान गर्नुपर्ने भएकोले २५ दिन हिरासत म्याद थप गर्न अदालत समक्ष माग गरिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान सकिएपनि संगठित अपराध सम्बन्धी अनुसंधान गर्नुपर्ने भएकाले जिल्ला अदालत समक्ष कास्की प्रहरीले उक्त माग गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।

यसबारे लामिछानेको म्याद थपबारेको बहस केहिबेर अघि सकिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन ।

मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो । तर रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् ।

तर सरकारको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेको अदालत स्रोतले जनाएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले अनुसंधान गरिरहेको छ ।

प्रकाशित मिति: Nov 5, 2024

प्रतिक्रिया दिनुहोस्