Logo
१५ कार्तिक २०८१, बिहीबार
(October 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा (तस्विरहरु)

काठमाडाैँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।

हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहका बिच पूजा गरिएको हो ।

 

प्रकाशित मिति: Oct 31, 2024

प्रतिक्रिया दिनुहोस्