Logo
१५ कार्तिक २०८१, बिहीबार
(October 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारले नेपालीको विविधतालाई एकतामा बाँधेको छ : राष्ट्रपति

 राष्ट्रपति रामचन्द्र पौडेलले तिहारजस्ता चाडपर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँधेको बताएका छन्।

तिहारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा मनाइने विभिन्न चाडपर्वले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको धारणा राखेका छन्।

‘यस्ता पर्वहरू मध्ये दशैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो। यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ।

उनले पौराणिक, व्यावहारिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व पनि भएको बताएका छन्। ‘उज्यालो आफैँमा प्रेरणाको विम्ब हो। तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्’, उनले भनेका छन्।

प्रकाशित मिति: Oct 31, 2024

प्रतिक्रिया दिनुहोस्