बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।
अनुमोदन अघि उनले आजको बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिईन् । लम्सालले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी छन् ।