Logo
८ मंसिर २०८१, शनिबार
(October 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?

 

काठमाडौँ । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको दाबी छ ।

उदाहरणको रूपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्व रहेको उनले बताए  ।ूकेपी ओली गैरआवासीय नेपाली नागरिकलाई वंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्ू साहले मंगलबार आयोजित एक कार्यक्रममा उनले , ूजो यो देशको नागरिक त्यागेर विदेशी भयो त्यसलाई नेपालको वंशजको नागरिकता दिनुपर्ने रु नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट विदेश पुर्‍याउनेहरुलाई देश विकासका संवाहक देख्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी रुू

गत आइतबार गैरआवासीय नेपाली संघ ९एनआरएनए० ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  विकासका लागि गैरआवासीय नेपालीको भूमिका रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए,  ‘संविधानमै भएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक संशोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’

प्रकाशित मिति: Oct 29, 2024

प्रतिक्रिया दिनुहोस्