सरकारलाई डीपीको चुनौती: प्राधिकरण बनाउनुस् ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शन गरिरहेको रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
बालुवाटारमा प्रदर्शन गर्दा निषेधित क्षेत्र तोड्न खाजेपछि प्रहरीले ३३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बालुवाटारमा प्रदर्शनका क्रममा सांसद अशोक चौधरीसहितका नेताहरु पक्राउ परेका हुन् । रविको पक्षमा प्रदर्शन गर्नपुगेका रास्वपाका उपसभापति डीपी अर्यालले सरकारले प्राधिकरण बनाएमा ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गरेका छन् ।
बालुवाटारमा जारी प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका अर्यालले सरकारले प्राधिकरण बनाउनुपर्ने र त्यसमा रास्वपालाई पनि राखुनुपर्ने बताए । उनले भने, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ। सदनमा कुरा उठायौँ।
सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’