Logo
११ कार्तिक २०८१, आईतबार
(October 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

पोखरा । रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।

प्रकाशित मिति: Oct 27, 2024

प्रतिक्रिया दिनुहोस्