Logo
११ कार्तिक २०८१, आईतबार
(October 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवागढी-केरूङ राजमार्ग भोलिदेखि सञ्चालन हुने

बाढी पहिरोका कारण बन्द रहेको रसुवागढी-केरूङ राजमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै अवरूद्ध चिनिया भूभागको सडक आजसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि सञ्चालनमा आउन लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

राजमार्ग सञ्चालनमा आउने भएसँगै नेपाल चीनबीचको व्यापार सहजीकरणमा ठुलो सहयोग मिल्नेछ। रसुवागढी-केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनिया पाखामा पहिरो जाँदा उक्त राजमार्ग अवरूद्व भएको थियो। सडक अवरूद्ध हुँदा चिनिया मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै अड्किएका थिए।

 

प्रकाशित मिति: Oct 27, 2024

प्रतिक्रिया दिनुहोस्