Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतको बक्यौता उठाउन धेरै प्रयास गर्यौं, बाध्य भएर लाईन काटेका हौं : कुलमान घिसिङ

काठमाडौं, ९ कार्तिक । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा  भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस उठाउनुपर्छ भनेर सबैले भनिराखेको उनले सुनाए । उनले आफूहरुले पटक पटक विद्युत महशुस उठाउनको लागि ताकेता गरेको र वर्षौसम्म समय दिएको स्मरण गराए ।

अहिले पछिल्लो समय अन्तिमपटक तीन महिनाको समय दिएको र त्यो समयमा पनि उद्योगले विद्युत नतिरेपछि आफूहरुले बाध्य भएर लाईन काटेको उनको भनाई छ । उनले भने,‘उहाँहरुलाई किस्ताबन्दीमा पैसा तिर्न भनेका छौं । तर, अहिलेपनि उहाँहरुले पहिलो किस्ता दिनेबित्तिकै लाईन जोडिदिन्छौं । त्यो समस्या भएन । हामीले २८ किस्तामा बक्यौता तिर्न भनेका छौं । अब २८ किस्ताको एक किस्ता बुझाउनासाथ तत्काल हामी लाईन जोडिदिन्छौं । एक किस्तापनि नतिर्ने अनि अटेर गरेर बस्ने काम भयो । हिजो हामीले उहाँहरुलाई बोलाएर दिनभरि छलफलपनि गर्यौं ।’

संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरुले पनि विद्युत बक्यौता उठाउन भनेको उनले स्मरण गराए । उनले उद्योगको बक्यौता उठाउने विषयमा धेरै पटक छलफल गरेको बताए । उनले आफूमात्रै नभएर देशले नै विद्युतको बक्यौता उठाउनुपर्छ भनेर बोलेको स्मरण गराए । सबैले रकम उठाउन भनेकोले आफू त्यस बाटोमा अघि बढेको उनको भनाई छ ।

प्रकाशित मिति: Oct 25, 2024

प्रतिक्रिया दिनुहोस्