Logo
१० मंसिर २०८१, सोमबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषा ३ मा चुनाव होइन, मधेश विरोधी र मधेश पक्षधरबीचको जनमत हुनेछ : महतो

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले धनुषा क्षेत्र नं. ३ को निर्वाचन मधेश पक्षधर र मधेशी विरोधी विचको लडाई रहेको बताएका छन् । धनुषा क्षेत्र नंं ३ को जनताले मधेशको अधिकारका लागि भएको आन्दोलनको समर्थन गर्ने कि त्यसको विरोध गर्ने भन्ने विषयमा सोचेर निर्वाचनमा सहभागी हुनुपर्ने बताउदै अधिकारको लागि भएको आन्दोलन सही हो भने छाता छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

चुनावी अभियानका क्रममा जनकपुर उपमहानगरपालिका वडा नं. ४ विश्वकर्माचोकमा बिहिबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको अधिकारका लागि भईरहेको आन्दोलनका बेला मधेश विरोधी संबिधानमा हस्ताक्षर गर्ने तथा मधेशी जनता माथि गोली चलाउने व्यक्ति कसरी मधेशको पक्षधर भएको भन्दै मधेशी जनताले यो निर्वाचनलाई आन्दोलनकै रुपमा लिनु पर्ने बताए ।

उनले ,‘ यो चुनाव राजेन्द्र महतो वा विमलेन्द्र निधिको जीत वा हारको नभई मधेशी जनताको जीत वा हारको रहेकाले यसै रुपमा लिएर मतदान गर्नुपर्छ ।’ उहाँले भन्नु भयो जहाँ शिर्ष आन्दोलनकारी र अत्याचारी चुनाव लड्दै हो त्यहाँ आन्दोलनको समर्थन र विरोध जनमत संग्रहको रुपमा लिनु पर्ने बताउदै धनुषा क्षेत्र नं. ३ को निर्वाचनलाई जनमत संग्रहको रुपमा लिनु पर्ने बताए ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्