Logo
१५ कार्तिक २०८१, बिहीबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने सहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने सहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति दिएको छ ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको अदालत स्रोतले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् ।

उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो ।

अदालतको पक्राउ अनुमतिसँगै रवि लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।

प्रकाशित मिति: Oct 24, 2024

प्रतिक्रिया दिनुहोस्