म्याद थपिएसँगै पोखरामा रविका समर्थकले निषेधित क्षेत्र तोडे
रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न म्याद थप भएसँगै पोखरा थप तनावग्रस्त बनेको छ। रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले निषेधीत क्षेत्र तोडेका छन् ।
रवि लामिछाने समर्थकहरु अहिले निषेधीत क्षेत्र जिल्ला अदालततर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न म्याद थपिएसँगै आन्दोलनकारीहरु अक्रोसित बनेका हुन् ।