Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामपाले माग्यो करियर क्याम्पको लागि २२ जना प्रशिक्षार्थी

काठमाडौं महानगरपालिकाले करियर क्याम्पको लागि २२ जना अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चरको माग गरेको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

महानगरपालिकाका अनुसार कार्यक्रम अवधि ९ महिनाको रहनेछ भने  सेवासुविधा मासिक २५ हजार रहने छ। काठमाडौं महानगरपालिका, सहरी योजना आयोगद्वारा अहिले  करियर क्याप्प २०८१ कार्यक्रम सञ्चालन भइरहेको छ।

‘यसअन्तर्गत सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाको लागि पूर्णकालीन प्रशिक्षार्थीको रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने उद्देश्यले आवेदनका लागि यस सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएकाे हुनुपर्ने तोकिएको छ।

 

प्रकाशित मिति: Oct 24, 2024

प्रतिक्रिया दिनुहोस्