प्रहरी काण्डमा परेकी घोराहीकी अमृता वली पक्राउ
दाङ : प्रहरीमा जागिर लगाइदिने आश्वासन देखाएर पैसा असुल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका- १५ जानकी टोल निवासी अमृता वली रहेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।
अमृताले प्रहरीमा जागिर लगाईदिने भन्दै दंगीशरण गाउँपालिका वडन नं ७ निवसी अनिकेतन योगी र सोही ठाउँका विजय विकसंग प्रति व्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले ३ लाख उठाएको बताइएको छ । वलीलाई ठगी मुद्दा चलाइएको एसपी सिंहले जानकारी दिइन् ।