Logo
८ मंसिर २०८१, शनिबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

काठमाडौं, कार्तिक ७ । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वासिङ्टन डिसी पुगेका छन् । उनलाई डुलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे ।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्