Logo
६ कार्तिक २०८१, मंगलबार
(October 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराको पृथ्वी चोकमा रास्वपाकाे प्रदर्शन सुरु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि सभापति पक्राउको विरोधमा पोखरामा प्रदर्शन सुरु गरेको छ। पार्टीका उपसभापति डीपी अर्यालकाअनुसार आजको विरोध प्रदर्शन पृथ्वी चोकबाटमा सुरु भएको छ  ।

रास्वापले आजको प्रदर्शनलाई सिर्जनशिल बनाउने जनाएको छ । त्यसका लागि हजारौँ मानिस पोखरामा जम्मा भएका छन् । पोखराका अलाबा छिमेकी विभिन्न जिल्लाबाट पनि रास्वपा कार्यकर्ता विरोध कार्यक्रममा सहभागी हुँदै छन् ।

आजको विरोध सभालाई पार्टीका सांसद एवम् सह महामन्त्री सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार र केन्द्रिय सदस्य गणेश कार्कीले सम्बोधन गर्नेछन् । पार्टीको कास्की जिल्ला पार्टी समिति र पार्टी केन्द्र सभापति माथिको प्रतिशोधपूर्ण पक्राउको विरुद्ध शृङ्खलाबद्ध आन्दोलनमा छ ।

यस्तै रास्वपाले सबै जिल्लामा प्रदर्शन सुरु गरेका छ ।

प्रकाशित मिति: Oct 21, 2024

प्रतिक्रिया दिनुहोस्