Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध एकढिक्का हुँदै प्रतिपक्षीः ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौं, २ कार्तिक । प्रमुख प्रतिपक्षी दलहरुले सरकारको काम कारबाहीको समीक्षा थालेका छन् । आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको प्रतिपक्षी दलको बैठकमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलका नेताहरु सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र) को उपमहासचिव शक्ति बस्नेतले बताएअनुसार आजको बैठकले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको निश्कर्ष निकालेको छ । साथै, सरकारले बाढी पहिरोजन्य विपद्को समयमा प्रभावकारी काम गर्न नसकेको प्रतिपक्षी दलहरुको निश्कर्ष छ ।

‘प्रतिपक्षी दलहरुले जनसरकारको विषयमा उठाएको आवाजहरु छन्, सरकारले त्यसप्रति गम्भीरता देखाएन, जिम्मेवारी बोध गरेन र सकारात्मक ढंगले रेस्पोन्स गरेन भने विशेष अधिवेशनको आह्वान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ । त्यसको बारेमा पनि छलफल भएको छ । तर, अहिले भर्खर जनसरोकारको विषय लिएर सरकारलाई ज्ञापन पत्र बुझाउने र ध्यानाकार्षण पत्र पेश गर्ने निश्कर्ष निकालेको छ,’– नेता बस्नेतले भने ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्