Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रा.लिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्