Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न लागेको युक्रेनको आरोप

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन्।

‘उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ’, युरोपेली संघ (इयू) का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा भने। उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए। तर यति ठूलो सङ्ख्यामा भने यो पहिलो पटक हो।

‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा थिए’, जेलेन्स्कीले भने।

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी भएका थिए।

उन अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन्। ‘यो विश्वयुद्धको पहिलो कदम हो’, इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्र’ सहयोग गरिरहेको भन्दै उनले चेतावनी दिए।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्