Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच बालुवाटारमा भेटघाट

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र एमालेका नेता पनि मिसिएका छन् ।

भेटमा समसायिक घटनाक्रमको विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्