Logo
९ मंसिर २०८१, आईतबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौशालाको धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न पर्यटन मन्त्रालयको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको हो ।

महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।

गत महिना ६ दशकदेखि मारबाडीसेवा समितिले सञ्चालन गरिरहेको गौशालाको धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय भएको थियो । जिल्ला अदाललतले मारबाही सेवा समितिसँगको सम्झौता खारेज गरेपछि काठमाडौं महानगरले धर्मशाला सञ्चालनस्थलमा आफ्नो बोर्ड झुन्ड्याएको थियो ।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्