Logo
३० आश्विन २०८१, बुधबार
(October 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँ मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् ।

बुधवार नेपाल न्युज बैंकसँगको कुराकानीमा बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरूलाई साथ दिने गरेको प्रतिक्रिया दिए ।

‘जनयुद्धभरि र त्यसपछि पनि दसैँ मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रूपमै लिनेगर्छु ।  घरमा परिवारका सदस्यहरू, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन् । उनीहरूलाई सहयोग चाहिँ गर्छु,’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले दसैँमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्बिर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्बिर उनकी छोरी गङ्गा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति: Oct 16, 2024

प्रतिक्रिया दिनुहोस्