Logo
३० आश्विन २०८१, बुधबार
(October 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री भण्डारीले गरे पाटन प्रिमियर लिगको उद्घाटन

बैतडी : जिल्लाको पाटनमा चौथो संस्करणको  पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे।

उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले खेलको माध्यमबाट देश चिनिएको बताए। उनले भने, ‘खेलको माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ। सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ। खेलमैदान बनाउन सरकार सक्रिय छ।’

बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएका र  यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उनको विश्वास छ।

यसका साथै उनले राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेका बताए। उनले भने, ‘राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेर सरकार बनाएका हौँ। बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छौं। निराशालाई आशा र भरोसाका बदल्न सरकार लागेको छ।’

पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा  १७ टोलीको सहभागिता छ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।  द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ।

यसैगरी, म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय बिडिपिआइ र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।

प्रकाशित मिति: Oct 16, 2024

प्रतिक्रिया दिनुहोस्